Comments Add Comment

ओली पक्षीय एमालेले असोज पहिलो हप्ता वडा अधिवेशन गर्ने

Ad
Advertisement

केपी ओली पक्षीय एमाले असोज पहिलो हप्ता वडा अधिवेशन गर्ने निर्णय गरेको छ। आइतबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा बसेको स्थायी कमिटी बैठकलेले देशभरका सबै वडामा आउँदो असोज पहिलो हप्ता वडा र दोस्रो हप्तामा पालिका तहमा अधिवेशन गर्ने निर्णय गरेको हो। माधव नेपाल पक्षसँग एकताका लागि प्रयास भइरहेको अवस्थामा ओलीले कार्यकता होल्ड गर्न तल्ला तहहरुको अधिवेशन तत्कालै गर्ने निर्णय गरेको हो।

पार्टी विभाजन भएको अवस्थामा जति सक्यो कार्यकर्ता नेपाल पक्षमा जान नदिनका लागि ओलीले आकस्मिक रुपमा वडा र पालिका तहको अधिवेशन गर्ने निर्णय गरेका हुन्। त्यस्तै बैठकले भदौ अन्तिममा पार्टीको विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ। भदौ २७ र २८ गते काठमाडौँमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ।सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।त्यस्तै सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको हो। स्थायी समितिले गरेको निर्णय अर्को हप्ता बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad