Comments Add Comment

मत संरक्षण गरिदिनुस् बाँकी जिम्मेवारी मेरो हो : छिन्तु

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले गठबन्धनको मत संरक्षण गर्न मतदातालाई आग्रह गर्नुभएको छ । बकैया गाउँपालिका वडा नम्बर ९ शिखरपुरमा आयोजित चुनाबीसभालाई सम्बोधन गर्दै उहाँले जनताले मत संरक्षण गरिदिएमा यस क्षेत्रलाई विकास र समृद्ध बनाउने जिम्मेवारी आफ्नो रहेको बताउनुभयो । ‘अघिल्लोपटक मलाई जिताउनुभयो, मैले सकेको विकास गरे छिन्तुले भन्नुयभयो- ‘यसपटक फेरी आएको छु, गठबन्धनको मत संरक्षण गरिदिनुस् बाँकी के–के गर्नुपर्ने ?कहाँ–कहाँ विकास गर्नुपर्ने त्यो सबै जिम्मेवारी मेरो हो, तपाईहरुले चिन्ता लिनुपर्दैन । ’

उम्मेदवार छिन्तुले यस क्षेत्रमा व्याप्त रहेको लालपुर्जाको समस्यालाई गठबन्धन सरकारले छिट्टै निकास दिएर सबैको हात–हातमा लालपुर्जा थमाइदिने बाचा पनि गर्नुभयो । आफु अरुजस्तो चुनाब जितेर गएसी भाग्ने खालको नभएको बताउँदै उहाँले एक मिनेटको समय पाएपनि त्यो जनताकै लागि खर्चिने जिकिर गर्नुभयो ।

गठबन्धनकी प्रचारप्रसार संयोजक ठुलीमाया मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक सर्केश घलान, माओवादी बागमती प्रदेश सदस्य जिवन गोले र लक्ष्मी पाख्रिन, गठबन्धनका क्षेत्र नम्बर १ प्रचारप्रसार संयोजक दामोदर खनाल, वाइसिएल नेपालका केन्द्रिय सचिव सुमन पाख्रिन, माओवादीका बागमती प्रदेश सदस्य लक्ष्मी माझी लगायतको सहभागिता रहेको थियो ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै