मकवानपुरका पत्रकार गिरिजा अधिकारी नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् । मंगलबार नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा अधिकारी युनियनमा आवद्ध भएका हुन् । अधिकारीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलसहित पदाधिकारीले स्वागत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सभापति बानियाँले लामो समय पत्रकारिता गरेका अधिकारीको प्रवेशले युनियनको संगठनलाई थप बलियो बनाउन सहयोग पुग्ने बताए । उनले संगठनको अनुशासन र पद्धति अनुसार अघि बढ्न सुझाव दिंदै युनियनले अधिकारीलाई उपयुक्त अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, कोषाध्यक्ष सरोज अधिकारी, उपमहासचिव भिष्मराज ओझा, केन्द्रीय सदस्य दिलिपाश्री अधिकारी लगायतको उपस्थिति रहेको थियो ।