मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाको पर्यटकीय क्षेत्र दामन सिमभञ्ज्याङ्गमा यस वर्ष दोस्रो पटक हिमपात भएको छ । बिहिबार साँझदेखि हिमपात भएको स्थानियले बताएका छन् ।

हिमपात भएसँगै हिँउ खेल्न आउने जाने आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ ।

May be an image of 3 people, people standing, snow and text that says '…· REDMI NOTE 10 PRO PREENCESS'

हिमपात हुँदा त्रिभुवन राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसअघि उक्त क्षेत्रमा यस वर्षको पहिलो पटक पुस १४ गते बाक्लो हिमपात भएको थियो ।