
मकवानपुर – बागमती प्रदेशले माघ १० गते सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा बागमती प्रदेशभर बिदा दिएको हो । यो प्रदेशका अधिकांश जिल्लामा तामाङ समुदायको बसोबास रहेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




