आजको पञ्चाङ्ग
| वि.सं. २०७६ पुस २८। सोमबार। इ.स. २०२० जनवरी १३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। तृतीया, २०:१९ उप्रान्त चतुर्थी। नक्षत्र– अश्लेषा, १२:४३ बजेउप्रान्त मघा। योग– प्रीति, १०:२१ बजेउप्रान्त आयुष्मान्। करण– वणिज, ९:२० बजेदेखि भद्रा, २०:१९ बजेउप्रान्त वव। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– कर्कट, १२:४३ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २६ घडी ३ पला। |
| रासीफल |
| मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
| सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । |
| वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) |
| नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । |
| मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) |
| परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ । |
| कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) |
| सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । |
| सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) |
| साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । |
| कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) |
| टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । |
| तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) |
| व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ । |
| वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) |
| ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ । |
| धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) |
| रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । |
| मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) |
| समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ । |
| कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) |
| सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । |
| मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) |
| सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ। |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




