आज २०७६ पुस २८ गते सोमबारको राशिफल हेर्नुहोस्

अनलाइन पत्र संवाददाता२०७६-०९-२८ No Comments

आजको पञ्चाङ्ग

वि.सं. २०७६ पुस २८। सोमबार। इ.स. २०२० जनवरी १३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। तृतीया, २०:१९ उप्रान्त चतुर्थी। नक्षत्र– अश्लेषा, १२:४३ बजेउप्रान्त मघा। योग– प्रीति, १०:२१ बजेउप्रान्त आयुष्मान्। करण– वणिज, ९:२० बजेदेखि भद्रा, २०:१९ बजेउप्रान्त वव। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– कर्कट, १२:४३ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २६ घडी ३ पला।
रासीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।
Ad
Ad