यही पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक भएको छ। ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ। गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा फिल्मका दृश्यहरु समावेश छन्न्।

यस गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाईएको छ। सिनेमाको मर्म अनुसार तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ।

परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्यहरू तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको हरर कथा यो सिनेमामा पाईनेछ। सिनेमामा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ। हरर जनरामा निर्माण भएको सिनेमालाई भिमसेन लामाले निर्देशन गरेका हुन्। पृथ्वी राना मगर सिनेमाका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन्।

केही दिन अगाडि सार्वजनिक भएको सिनेमाको ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ। सिनेमालाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन्। उनी फिल्म खिच्न अष्ट्रेलियाबाट नेपाल आएका थिए। सिनेमाको सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू