Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो

Company Register

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार १ सय ८३ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ६० जनाको मृत्यु भएको छ । बुधबार बागमती प्रदेशमा एक दिनमा ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमित देखिएको छ । पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...