
भिमफेदी गाँउपालिका स्थित त्रिखण्डीश्वर महादेव मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीको दिनमा लाग्ने मेलाको तयारी सुरु भएको छ । यसवर्ष कार्तिक २२ गते शुक्रबार लाग्ने मेलाको तयारी सुरु भएको र त्यसलाई व्यबस्थित बनाउन त्रिखण्डी मेला व्यबस्थापन उपभोक्ता समिति समेत निर्माण गरिएको छ ।
समितिको अध्यक्षमा रमेशकुमार थिङ्ग , सचिव लक्ष्मी गोले , कोषाध्यक्ष सुपेन्द्र लामा तथा सदस्यहरुमा रोहित गोले , निलम लामा , रविन कार्की र सेवक लक्ष्मण दाहाल छन् । समितिले मन्दिरको सरसफाई , रंगरोगन , अस्थायी पुल निर्माण तथा मेलामा राखिने स्टलहररु व्यवस्थित बनाउने काम गर्नेछ ।
मेलाका दिन हेटौँडा बजारमा माछामासु बिक्रीवितरण रोक लगाउन आग्रह गरिएको छ । हाम्रो परम्परा र सँस्कृतिलाई मनाउने क्रममा प्रत्येक वर्ष हेटौँडा बजारमा माछामासु बिक्रीवितरणमा रोक लगाउने गरिएको छ । मेलाका लागि मन्दिरमा रंगरोगन सकिएको छ भने खोलापारिको मन्दिर जाने पुल तिव्ररुपमा निर्माण भईरहेको छ । मेला मकवानपुर जिल्लाको सबभन्दा पुरानोमध्य हो । प्रत्येक वर्ष मेला भर्न आउनेको उक्त क्षेत्रमा भीड लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




