‘दि भ्वोइस अफ नेपाल’ को सिजन २ विजेता राम लिम्बु भएका छन्। शनिबार काठमाण्डौँ स्थित हायत ग्राउण्डमा भएको ग्राण्ड फिनालेबाट राम लिम्बु दोस्रो सिजनका विजेता बनेका हुन्। उनी टिम प्रमोद खरेलबाट थिए। विजेता लिम्बुले ड्याटसनको कार संगै १२ लाख रुपैयाँ नगद जितेका छन्।
उनी अन्तिम ४ बाट विजेता बनेका हुन्। सिजन २ को उपाधीका लागि आरिफ आरिफ राउत, विकास लिम्बु, सनिश श्रेष्ठ र राम लिम्बु अन्तिम फाइनलमा पुगेका थिए।
भ्वाइस अफ नेपालको पहिलो सिजनमा सिडी विजय अधिकारीले उपाधी हासिल गरेका थिए। त्यस समयमा प्रमोद खरेलबाट बाहिरिएका सिडी बिजय अधिकारीलाई कोच दिपले स्टिल गरेका थिए र अन्तमा उनैले उपाधी जितेका थिए।
सिजन २ मा पनि यस्तै संयोग परेको छ। कोच दिप श्रेष्ठबाट बाहिरिएका राम लिम्बुलाई प्रमोद खरेलले स्टिल गरेका थिए। अन्ततः उनै राम लिम्बु दोश्रो भ्वाइस अफ नेपाल बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




