Comments Add Comment

हेटौंडामा विहीबार ‘स्वदेशी सुपर मार्केट’ उद्घाटन हुदैं 

हेटौंडा – हेटौंडा २ कान्तिराजपथमा रहेको जमादार ग्रुपद्धारा सञ्चालित स्वदेशी अभियानको प्रवद्र्धन तथा प्रोत्साहनका स्वदेशी सुपर मार्केट सञ्चालनमा आउने भएको छ । 

नेपालमा उत्पादित स्वदेशी वस्तुहरुको प्रवद्र्धन र विक्री वितरण गर्ने अभियानमा जमादार ग्रुपले स्वदेशी सुपर मार्केटको बैशाख २८ गते विहीबार समुद्घाटन गरिने सुपर मार्केटका सञ्चालक कृष्ण कुमार गुप्ता अग्रवालले बताए ।   
स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विक्री गर्ने उद्देश्यले जमादार ग्रुपले स्वदेशी सुपर मार्केट सञ्चालन गरेको हो । हेटौंडाबाट सुरु गरेको सुपर मार्केट देशका विभिन्न ठुला शहरहरुमा समेत क्रमशः विस्तार गर्दै लैजाने समेत संचालक अग्रवालले बताएका छन् । 

विहीबार कांग्रेस नेतृ तथा प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले सुपर मार्केटको समुद्घाटन गरिने तयारी रहेको जनाइएको छ । साथै सुपर मार्केटले ल्याएको लक्की ड्र मार्फतका योजनाहरुको नतिजा समेत सार्वजानिक गरिने कार्यक्रम तय भएको अग्रवालले बताए । गत चैत्र महिनामा नै सञ्चालनको तयारीमा रहेको सुपर मार्केट विशेष कारणबस पछि सरेको हो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर