यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

निशाको ‘ओ प्रिया’मा आकाश श्रेष्ठ ( भिडियो )


Advertisement
करिव १ वर्ष अघि सार्वजनिक ‘तस्विर’ बोलको निरन्तरता रहेको यस गीतलाई तस्विरकै गीतकार बिष्णुबाबु देवकोटाले लेखेका हुन्। टिका दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माबिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।