
काठमाडौँ – गायिका निशा कंडेल र गायक अमन प्रधानको युगल गायनमा समावेश ‘तस्बिर २ – ओ ! प्रिया’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
करिव १ वर्ष अघि सार्वजनिक ‘तस्विर’ बोलको निरन्तरता रहेको यस गीतलाई तस्विरकै गीतकार बिष्णुबाबु देवकोटाले लेखेका हुन्। टिका दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माबिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




