आजको पञ्चाङ्ग
बि.सं. २०७७ असोज ११ गते आइतवार । इ.सं. 28 September 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादी । दक्षिणायन । शरद ऋृतु । अधिक आश्विन शुक्लपक्ष। तिथि एकादशी , २१:२९ बजे उप्रान्त द्वादशी नक्षत्र श्रवण , २३:३२ बजे उप्रान्त धनिष्ठा योग सुकर्मा , २२:५९ बजे उप्रान्त धृति करण वणिज ०९:३३ बजेदेखि भद्रा , २१:२९ बजे उप्रान्त कौलव चन्द्रराशि मकर । आनन्दादी योग गद। दिनमान २९ घडी ५४ पला । सूर्योदय ०५:५५ बजे । सूर्यास्त बेलुका १७:५३
पद्मिनी एकादशी व्रत। पर्यटन दिवस। द्विपुष्कर योग २३:३२ बजेपछि।
तपाईको आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघी बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलतापनि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कार्य सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भय रहनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिलनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)अचल सम्पत्ती हात पर्ने योगछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)शुभ समाचार सुन्न पाईएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा सफलता र रुची बढ्नेछ । उपहारको सम्भावनापनि छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बधी समस्या आउला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला । – ज्यो.प. नारायणप्रसाद दुलाल