कोरोना भाइरसका कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार २ सय ७६ जना कोरोना संक्रमितको ज्यान गएको छ । विश्वभरका संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।
नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७१ हजार सय २१ पुगेको छ । यस्तो कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । शनिवार साँझसम्म नेपालमा ५३ हजार १३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ ।