Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विपदका घटनामा परेर एक महिनामा ६८ जनाको मृत्यु, १९६ घाइते

Company Register

विपदका विभिन्न घटनामा परी एक महिनामा ६८ जनाले ज्यान गुमाएका छन् भने १९६ जना घाइते भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ गतेदेखि असार ४ गतेसम्म देशभरका भएका आगलागीका ४०० घटना भएको र उक्तमा ९ जनाले ज्यान गुमाएकाका छन् भने ५० जना घाइते भएका छन् ।त्यस्तै ६२ वटा डढेलोको घटनामा परी ३ जनाले ज्यान गएको छ भने १ जना घाइते भएका छन् । १०६ वटा चट्याङ्गका घटनामा परी २२ जनाको ज्यान गएको र ९० जना मानिहरु घाइते भएको प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।त्यस्तै एक महिनामा जनावरबाट आक्रमण भएका ४५ वटा घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् भने ३३ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

Advertisement

यस्तै ३७ स्थानमा आएको बाढीमा परी ९ जनाको मृत्यु, २४ बेपत्ता र ६ जना घाइते भएका छन् ।७२ वटा पहिरोका घटनामा ७ जनाको मृत्यु र १० जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए ।यसैगरी अविरल वर्षाका ३९ घटनामा परी ३ जनाको मृत्यु र १ जना घाइते भएको छन् । हावाहुरीका २९ घटनामा १ जनाको मृत्यु र ४ जना घाइते भएको उनले बताए । उक्त समयावधिमा सर्पको टाकाइबाट ५ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।देशका विभिन्न स्थानमा भएका यी घटनाबाट ३८४ पशुचौपायालाई पनि असर परेको प्राधिकरणले जनाको छ ।यो विभिन्न घटनाबाट ४१ करोड ३९ लाख ६४ हजार १९० रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने प्राधिकरणको अनुमान गरेको छ ।

२४ घण्टामा ४ जनाको मृत्यु, ४ घाइते

प्राधिकरणले सार्वजनिक गरेको असार ३ गते विहान १० बजेदेखि ४ गते विहान १० बजेसम्मको घटना विवरणमा विपदका विभिन्न घटनामा परी ४ जनाले ज्यान गुमाएको र ४ जना घाइते भएका छन् ।देशभरका विभिन्न स्थानमा भएका ३३ वटा घटनामा ती मानिसहरुको मृत्यु भएको प्राधिकरण जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।सोही अवधीमा ५ जना हराएका छन् भने ६ वटा सडक खण्डहरु अवरुद्ध भएका छन् ।त्यस्तै सिन्धुपाल्चाको मेलम्ची खोलामा आएको बाढीका हालसम्म ३ जना विदेशी नागरिकहरुले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनमो २ जना चिनियाँ र १ जना भारतीय नागरिक रहेका छन् । हालसम्म उक्त घटनामा परी २० जना बेपत्ता र ६ जना घाइते भएको प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।सोही अवधिमा खाजा पुर्‍याउन जाने क्रममा बाढीले बगाएर सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ४ बेल्ही बस्ने वर्ष १२ एक बालकको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।त्यस्तै कास्कीको माछापुछ्रे गाँउपालिकामा बस्ने ४० वर्षे एक महिलाको खैरे खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...