Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सामरी खाेलाले बगाउदा परियार दम्पत्तिकाे मृत्यु

Company Register

मकवानपुरगढिमा सामरी खाेलाले बगाउदा दम्पत्तिकाे मृत्यु भएकाे छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर -६ स्थित झल्लामा खोला तर्ने क्रममा परियार दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

Advertisement

अाज विहान सामरी खोला तर्न खोज्दा मकवानपुरगढि गाउँपालिका ६ का वर्ष ६५ का ज्ञान बहादुर परियार र उनको श्रीमति वर्ष ६१ को तुलसा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए । खाेला तर्ने क्रममा उनीहरुलाई बगाएको स्थानियले देखे लगत्तै प्रहरीलाई खबर गरिएकाे र दुबै जनाको लास भेटिएकाे प्रवक्ता रानाले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...