इटालियन च्याम्पियन युभेन्ट्स च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा पोर्टोलाई ३(२ गोल अन्तरले हराए पनि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगको खेल परिणाम अनुसार समग्रमा ४(४ को बराबरी भएपछि अवे गोलको आधारमा पोर्टो क्वाटरफाइनलमा पुगेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले विजयी भएको पोर्टोले अवे मैदानमा भएको दोस्रो लेगमा ३–२ को हार बेहोरे पनि अवे गोल निर्णायक बन्यो ।

१० खेलाडीमा सीमित रहेको पोर्टोले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै युभेन्टसलाई हराएको हो ।यसअघि युभेन्टसले निर्धारित ९० मिनेटमा फेडेरिको चेइसाको दुई गोलबाट २(१ को अग्रता लिँदै समग्रमा खेल ३(३ को बराबरी भएको थियो ।अतिरिक्त समयमा पोर्टोले ११५औँ मिनेटमा गोल फर्काएको थियो भने युभेन्ट्सका लागि ११७औँ मिनेटमा अड्रीएन राबिओटले गोल गरे । योसँगै युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।