हेटौंडा –७ स्थित नागस्वतीमा बडा दशैँको अवसरमा जारी टोल स्तरीय फुटबल प्रतियोगितामा आज उपाधिका लागि आयोजक जागरण फुटबल टिम र न्यु चिसापानी फुटबल टिम बिच भिड्ने भएको छ । उपाधिका लागि आज दिउँसो २ बजे नागस्वतीको फुटबल चौरमा भिड्ने भएको हो । आयोजक जागरण फुटबल टिमले अग्राठे फुटबल टिमलाई ट्राईब्रेकारमा ४ गोलका बिरुद्ध ५ गोल गर्दै फाईनल प्रवेश गरेको थियो । त्यस्तै न्यु चिसापानी फुटबल टिमले वनदेवी फुटबल टिमलाई ट्राईब्रेकरमा ५–३ गोल अन्तरले पाखा लगाउँदै आयोजकसंग फाईनल खेल्ने पक्का गरेको थियो ।

प्रतियोगिताको बिजेता टिमले ४५ किलोको खसि , शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेता टिमले ३५ किलोको खसि ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी ,अनुसाशित टिम ,सर्वाधिक गोलकर्ता र हरेक खेलका म्यान अफ द म्याचले पनि आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।