Menu

अस्ट्रेलियामाथि ८ विकेटले जित निकाल्दै इङ्ल्याण्ड फाईनलमा प्रवेश

england cricketको लागि तस्बिर परिणाम

अस्ट्रेलियामाथि सहज जित निकाल्दै आयोजक इङ्ल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुग्न सफल भएको छ । न्युजिल्यान्डसँग उपाधि भिडन्त पक्का गर्ने क्रममा इङ्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो ।

सम्बन्धित छवि

पहिले ब्याटिङ गरेको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ बनाउन सफल भएको थियो । जवाफी ब्याटिङमा उत्रेको इङ्ल्यान्डले ३२ ओभर खेल्दै २ विकेटको क्षतिमा २२६ रन बनाएर लक्ष्य पुरा गर्यो। योसँगै वान डे विश्वकप क्रिकेटको उपाधि पनि नयाँ टिमले लैजाने पक्का भएको छ । यस जितका साथ इङ्ल्याण्डको टिम २७ वर्षपछि फाइनलमा पुगेको छ । उसले पछिल्लो पटक सन् १९९२ भएको फाइनल भिडन्तमा पाकिस्तानसँग हार भोगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad