कञ्चनपुरमा बाबुद्धारा छोरी बलात्कार

Company Register

नेपाली समाजमा दिनानुदिन अपराधिक घटनाले बिकराल रुप लिइरहेको छ । दिनहुँ हत्या र बलात्कार जस्तो अपराध भइरहेको छ । यसैबीच कञ्चनपुरमा आफ्नै बाबुबाट एक १४ वर्षीया छोरी बलात्किृत भएको घटना सार्वजनिक भएको छ ।

Advertisement


कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३९ वर्षीय बाबुले आफ्नै जेठी छोरीलाई बलात्कार गरेको भिडियो कान्छी छोरीले मोबाईलमा देखेपछि घटना सार्वजनिक भएको हो । कान्छी छोरीले भिडियो मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ । उनले घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताएकी छन् ।

ya thau khali xa

घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताएका छन् । उनले पशुवत व्यवहार गर्नेमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन् । बलात्कारीलाई बुधबार राती नै प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...