मकवानपुरको मकवानपुरगढीमा ज्यामिरे खोलाले फलामे पुल बगाएको छ । निरन्तर परिरहेको वर्षाका कारण गएराती मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको फलामे पुल बगाएको हो ।

सिमल्टार र कालिबन जोड्ने फलामे पुल गएराती ज्यामिरे खोलाले बगाएको छ । सिमल्टार र कालिबनका बासिन्दालाई ओहोरदोहोर गर्न सजिलो हुने भनि फलामे पुल बनाएको थियो । पुल खोलाले बगाएसँगै त्यहाँका बासिन्दाहरु ओहोरदोहोर गर्न कठिनाई भएको स्थानियले जानकारी दिए ।

तस्विर : आषिश तिमलसिनाको फेसबुकबाट ।