Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सामरी खोलाले मकवानपुरगढी ५ मा बन्दै गरेको पुल बगायो

Company Register

मकवानपुरगढीमा एक निर्माणाधिन पुल सामरी खोलाले बगाएको छ । निरन्तर परिरहेको वर्षाका कारण गएराती मकवानपुरगढी ५ मा निर्माणाधिन पुल बगाएको हो । सम्झौता सकेको ४ वर्ष नघिसक्दा पनि पुल नबन्द मकवानपुरगढी ५ र ३ वडाका बासिन्दाहरु ओहोरदोहोर गर्न सास्ती भोक्नु परेको थियो । सो पुल बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुदै गरेको र विगत ५ वर्षदेखि ठेकेदारको लापरबाहीले निर्माण अघि नबढेको थियो ।

Advertisement

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगत जिल्ला विकास समिति मकवानपुरले नागार्जुन शकंर माली जेबी ठेकेदार कम्पनीलाई ५ करोड ३७ लाख ९२ हजारको लागतमा निमार्ण गर्न ठेक्का दिएको उक्त पुलमा यतिबेला ३ वटा पिल्लर बाहेक अन्य कुनैपनि कार्य अघि बढ्न नसकेको भन्दै स्थानीय आक्रोशीत भएका थिए । पुल निर्माण नसकिदै सामरी खोलामा आएको बाढीले बगाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...