हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्बसम्मत पारित भएको छ । सोमबार बसेको नगरपालिकाको ११ औँ अधिशेसनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्बसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाले गत १२ असरमा नीति तथा कार्यक्रमहरु र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपियाँ बजेट सार्वजनिक गरेको थियो । बैठकले न्यायिक समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा उपमेयर राजेश बानियाँ र सदस्यहरुमा ज्ञानबहादुर थापा ,सन्तु पाख्रिन चयन भएका छन् ।