नेपाल आयल निगमले दुई पाँग्रे सवारी साधनलाई एक पटकमा ५ लिटरमात्रै पेट्रोल दिन प्रस्ताव गरेको छ । निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै यस्तो प्रस्ताव गरेको हो । निगमले सरकारलाई पठाएको पत्रमा पेट्रोल पम्पहरूले दुई पाँग्रे सावरी साधनलाई एकपटकमा ५ लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन दिन प्रस्ताव गरिएको छ ।