काठमाडौं – आज उपत्यकासहित मुलुकका धेरै ठाउँको मौसम बद्ली भएको छ । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण उपत्यकासहित मध्य र पूर्वलगायत अन्य केही ठाउँको मौसम बद्ली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद्का अनुसार आज उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने र केहि ठाउमा हिमपातको सम्भावना रहेको जनाएका छन्।

बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण अबको तीन दिन नै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँमा हुस्सु लागेको छ ।