मकवानपुरको उत्तरी क्षेत्र मनहरीमा जंगली हात्तीको आक्रमण बाट एक महिला घाइते भएकी छिन् । जंगली हात्तीको आक्रमणबाट मनहरी ६ जोगिताल बस्ने ५२ बर्षीय इन्द्र माया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाईते मोक्तानलाई घाँस काट्दै गर्दा एक्कासी आएर आक्रमण गरेको प्रहरीले जानकारी दिएका छन् । घाँस काट्न गएको बेलामा आज बिहान ५ः३० बजेको समयमा हात्तीले आक्रमण गरेको थियो । घाइते मोक्तानको थप उपचारका लागि भरतपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।