Comments Add Comment

प्रदेश ३ को बैठक आज बस्दै

प्रदेश ३ को प्रदेश सभाको बैठक गत असार १२ गते चालु आर्थिक वर्षको बजेट पारित गरेपछि स्थगित भएकोमा आज दिउँसो बस्ने भएको छ ।

हाल प्रदेशसभामा मुख्य एजेन्डाका रूपमा रहेको स्थायी राजधानी र नामकरणबाहेक प्रदेश सभामा विधेयक दर्ता भएका छन । यसअघि विभिन्न समितिमा रहेका पाँचवटा विधेयक समितिहरूले विभिन्न चरणमा छलफल गरेर टुंग्याइसकेका छन । ती बिधेयकहरु प्रदेश सभाले पास गर्ने योजना रहेको छ ।

प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक, निजी, सहकारी साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा भर्खरै मात्र दर्ता गराएको छ । उक्त विधेयक सम्बन्धित मन्त्रालयले प्रदेशसभा पेस गरेपछि मात्र समितिमा पठाइने र समितिले छलफल अगाडि बढाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर