तस्वीर : सुनिल गौतम

शिक्षक हीत बचत तथा ऋण सहकारी संस्था लि काे ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पाैडेलकाे प्रमूख आतिथ्यतामा भएकाे भेलामा सहकारीका अध्यक्ष सिताराम दाहालकाे अध्यक्षता रहेकाे थियाे ।

भेलामा काेषाध्यक्ष रामजी प्रसाद हुमगाईले १ कराेड ५५ लाख ९७ हजार २ सय १४ बराबरकाे आय ब्यय प्रस्तुत गर्नुभएकाे थियाे । आगामि वर्षका लगि भने १ कराेड ७० लाख ५५ हजार बराबरकाे अनुमानित रकम काेषाध्षक्ष हुमगाईले प्रस्तुत गर्नुभएकाे हाे । भेलामा उत्कृष्ठ बचतकर्ताका रुपमा केशवराज सुवेदी तथा असल काराेबारीका रुपमा नानीमायाँ थाेकर पुरस्कृत हुनुभएकाे छ भने जेष्ठ नागरिक ईश्वरी कुमारी अर्याल र बलराम न्याैपाने सम्मानित हुनुभएकाे हाे ।

काेभिड १९ का कारण पाैष १० गतेबाट शुरु भएकाे भेलाकाे आज समापन भएकाे हाे । भेलामा सहकारीका शेयर सदस्यहरु आ आफ्नो पालोमा उपस्थित भएका थिए ।

सहकारीका सचिव अर्जुन प्रसाद पाेखरेलले सञ्चालन गर्नुभएकाे समापन भेलालाई उपाध्यक्ष शिबप्रसाद लामिछानेले स्वागत गर्नुभएकाे थियाे । कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि पद्मा पाेैडेलले सहकारी शिक्षककाे हीतमा लाग्नुपर्नेमा जाेड दिनुभयाे । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले अहिले देश राजनैतिक संकटमा भएपनि शिक्षकहरु भ्रममा नपरी अगाडि बढ्न आग्रह गर्नुभयाे । वहाले पेशागत सहकारी भएकाले शिक्षकहरु सहकारी नियमानूसार अन्य बचत ऋण सहकारीमा बस्न नपाउने कानुनी अन्यौलता नरहेको पनि प्रष्ट पार्दै भन्नुभयो- यो पेशागत सहकारी भएकोले यसमा बस्न कुनै कानुनले छेक्दैन । भेलामा संगठन उपाध्यक्ष लक्ष्मी गजुरेल, वागमती प्रदेस सचिवालय सदस्य माेहन शर्मा, लगायतकाले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे ।

कार्यक्रममा संगठन सल्लाहकार पिताम्वर वास्ताेला, लक्ष्मी चाैलागाई, काेषाध्यक्ष जयप्रसाद पाेखरल, सहकाेषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, प्रचार विभाग प्रमुुख सुनिल गाेैतम, भगवती श्रेष्ठ, सहकारी लेखा सुपरीवेक्षण समिति संयाेजक अभिमन्यू गाैतम, गुरु प्रसाद ओझा, कृष्ण पाेखरेल, सुवास खनाल, गोपिरमण प्याकुरेल लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।