
काठमाडौं – अर्जुन सापकोटा र मेनुका परियारको नयाँ गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक भएको छ ।
माया–पिरती र मिलन–विछोडको भावलाई चित्रण गरिएको गीतमा संगीत संयोजन अर्जुन सापकोटाको र शब्द दिपेन्द्र खत्रीको छ । अर्जुन, दिपा र करिश्मा अधिकारीको परिकल्पनामा तयार भएको म्युजिक भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले छायांकन गरेका छन् ।
मिलन विश्वकर्माले सम्पादन गरेको म्युजिक भिडियोमा रोशनी कार्की र अर्जुन सापकोटासँगै बाल कलाकार आयुशी ढकाल र उत्सर्ग भट्टराईको अभिनय रहेको छ ।
म्युजिक भिडियो स्पन्दन मिडियाको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




