Comments Add Comment

पहिलोपटक नेपाली चेली बनिन् अमेरिकी सेनाको मेजर

नेपाली मूलकी महिला ‘पहिलोपटक’ अमेरिकी सेनाको माथिल्लो तहमा पुग्न सफल भएकी छन् ।

नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा पुगेकी हुन् । अमेरिकाको डालसमा बस्दै आएकी रिमाल १८ वर्षको उमेरमा हाइस्कूलको अध्ययन पूरा गरेर अमेरिकी सेनामा भर्ना भएकी थिइन् ।

रिमाल ११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुगेकी थिइन् । अमेरिकी सेनाको मेजरमा पुगेकी समृद्धिले एक कुराकानीमा आफूलाई पहिले सेनामा भर्ना भएर के गर्ने भन्ने केही पनि थाहा नभएको बताएकी छन् । तर, एक महिला सैनिकसँगको भेटवार्तापछि आफूलाई पनि सेनामा रहेर काम गर्ने जोश चलेको उनको भनाइ छ ।

कामको सिलसिलमा अफगानिस्तान पुगेको पनि समृद्धिले सुनाइन् । समृद्धिले अफगानिस्तानमा रहँदा त्यहाँका बच्चाहरुसँग भएको भेटलाई आफ्नो जीवनको खुसीको एक महत्वपूर्ण पलको रुपमा अथ्र्याइन् । आफू सन् २००५ मा छोटो समयका लागि नेपाल आएको समृद्धिको भनाइ छ । त्यसयता भने कार्यव्यस्तताका कारण नेपाल आउन नसकेको उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर