Comments Add Comment

आज आमाको मुख हेर्ने दिन

आज जन्मदिने आमाको मुख हेर्ने दिन । आमालाई मिठामीठा परिवकार खुवाएर यो पर्व मनाइने गरिन्छ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाइँदै आइएको छ ।  मातातिर्थ औँसीका अवसरमा आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहिआएको छ । यस दिन आमा नभएकाहरूले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौं थानकोट नजिकैको मातातीर्थमा मेला लागेको छ ।

यस दिन दिवङ्गत आमाको सम्झनामा थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष लकडाउनका कारण स्थगित गरिएको छ । लकडाउनका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिन्छ ।

घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवंगत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने शास्त्रिय मान्यता छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर