Comments Add Comment

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार नाघ्यो, ५६ लाख ७८ हजार संक्रमित

काठमाडौं – विश्वभर कोरोना भाइस संक्रमणबाट जीवन गुमाउनेको संख्या सोमबार बिहानसम्म ३ लाख ५१ हजार ६ सय ६७ पुगेको छ ।
विश्वमा अहिलेसम्म ५६ लाख ७८ हजार १ सय ४६ जना कोरोना भाइरस संक्रमित भएका छन् । त्यसमध्ये २४ लाख २८ हजार १ सय ३२ जनाले भने कोरानालाई जित्न सफल भएका छन् । २८ लाख ९८ हजार ३ सय ४७ जना अझै कोरोनाविरुद्ध संघर्ष गरिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाको कारण अन्य मुलुकको तुलनामा विश्वकै शक्तिशाली राष्ट्र मानिएको अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७७४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५ सय ८९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख २५ हजार २७५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ७९ हजार ९६९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४४ हजार ७२७ जनामध्ये १७ हजार १५८ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २८ हजार २२० जनाको मृत्यु भएको छ । १० लाख २ हजार ९१८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ३३ हजार ९३० जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ७४२ जना संक्रमित भएकोमा २ लाख ७२ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ६१३ जनाको ज्यान गएको छ भने १ लाख २१ हजार ५४७ जना संक्रमित छन् । संक्रमितमध्ये ४९ हजार ९०२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७४१ जना संक्रमित भएकोमा ८ हजार ११५ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर