आजको पञ्चाङ्ग

बि.सं. २०७७ असार २१ गते आइतवार । इ.सं. 05 July 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० तछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु आषाढ शुक्लपक्षतिथि पूर्णिमा , १०:०३ बजे उप्रान्त प्रतिपदा । नक्षत्र पूर्वाषाढा , २३:४१ बजे उप्रान्त उत्तराषाढा। योग ऐन्द्र , २४:०० बजे उप्रान्त वैधृति। करण वव १०:०३ बजेदेखि वालव , २१:३७ बजे उप्रान्त गर। चन्द्रराशि धनु । आनन्दादी योग शुभ। दिनमान ३४ घडी २७ पला । सूर्योदय ०५: १५ बजे । सूर्यास्त बेलुका १९:०२ बजे ।

गुरुपूर्णिमा। गुरु व्यास जयन्ती। दक्षिणामूर्ति पूजा। मन्वादि। दिल्ला पुन्ही। मानस व्रत प्रारम्भ। भक्तपुरमा वीरनदी स्नान।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । मानसिक चिन्तापनि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समाजसेवामा र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वादिष्ट भोजन पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले दिएको वचन फर्न सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

लाभ, हानी, आय, व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ । आफ़नतले सहयोग गर्नेछन् । नयाँ कार्यको योजना बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज पुरानो र आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सन्तान सुख मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल