Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षकहरु निदाएका छैनन्-प्रा.डा.विद्यानाथ कोइराला

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको परिकल्पना तथा जिल्ला समिति मकवानपुरको संयोजनमा ननिदाएका शिक्षकहरु विषयक साप्ताहिक शैक्षिक कार्यक्रमको आज उद्घाटन भएको छ । संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यता तथा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको विशेष आतिथ्यता रहेको कार्यक्रममा संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको अध्यक्षता रहेको थियो ।

Advertisement

लकडाउनसंगै देशको शिक्षा क्षेत्र अन्यौलग्रस्त भएपछि बिभिन्न टिक्का टिप्पणी हुन थालेपछि शिक्षाका क्षेत्रमा बिभिन्न नवप्रवर्तनीय प्रयासहरु हुन थालेका छन् ।यसै सन्दर्भलाइ लिएर नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला समितिले ननिदाएका शिक्षकहरु विषयमा आज एक भब्य समारोहका बीच कार्यक्रमको उद्घाटन सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समित अध्यक्ष लक्ष्मण शर्माले यो कार्यक्रम राष्ट्रिय समितिको अवधारणा भएपनि देशका ७७ जिल्लामध्ये मकवानपुरलाइ यो अभिभारा सुम्पनुमा एकातर्फ प्राविधिक रुपमा जिल्ला सम्पन्न रहेको र अर्कोतर्फ संगठनको मातृजिल्ला भएकोले पनि यहीँबाट कार्यक्रम शुरु गरिएको प्रष्ट पार्नुभयो ।

कार्यक्रमलाइ संवोधन गर्दै विशेष अतिथी एवम् समीक्षक प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षकहरु निदाएको हैन बरु जागरुक भएको प्रतिक्रिया दिनुभएको हो । वहाले कार्यक्रमलाइ संवोधन गर्ने पहिलो शब्दमै भन्नुभयो कि शिक्षकहरु निदाए, त्यो बोल्ने ब्यक्ति म नै हुँ, तर मैले शिक्षकहरुलाइ निरन्तर शिक्षाप्रति जागरुक गराउन यो श्ब्द प्रयोग गर्नु र यी तमाम शिक्षकहरुको उर्जा देख्दा आफैमा मन प्रफूल्लित भएर आएको हो – वहाँले कार्यक्रममा बताउनुभयो ।

शिक्षक संगठन मकवानपुरले आज यो कार्यक्रम औपचारिक रुपमा उद्घाटन गरेको भएपनि साप्ताहिक रुपमा प्रत्येक शुक्रबार साँझ ८ बजेदेखि सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गर्ने जिल्ला अध्यक्ष श्रीराम दाहालले जानकारी दिनुभयो । ननिदाएका शिक्षकहरु कार्यक्रमको औपचारिक उद्घाटनसंगै जिल्ला समिति मकवानपुरले आज पहिलो अंक भिडियो समेत प्रस्तुत गरेको छ । भिडियो प्रस्तुत गरेसंगै संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले भिडियोमा प्रस्तुत भएका विद्यालयका सम्वन्धित शिक्षकहरुसंग अन्तर्वार्ता लिनुभएको थियो ।

अन्तर्वार्ता पछि समीक्षक विद्यानाथ कोइरालाले कार्यक्रमको समीक्षा गर्दै प्रशंसनीय कार्य गरेकोमा खुशी ब्यक्त गर्नुभएको हो ।

संगठन जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेलले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति महासचिव हंश साही, कोषाध्यक्ष बिष्णु भण्डारी, सचिवालय सदस्य कमला थापा, सदस्य पद्मा पौडेल लगायत देशभरका बिभिन्न प्रदेश तथा जिल्ला कमिटी नेतृत्वहरुको उपस्थिती रहेको थियो ।कार्यक्रम सञ्चालन संगठन जिल्ला सचिव पुरुषोत्तम आचार्यले गर्नुभएको हो । कार्यक्रमको प्रत्यक्ष प्रशारण अनलाइनपत्र डट कमका सञ्चालक जीवन आचार्यले गरेका हुन भने द क्लिकर्स स्टूडियो र टीम टिभि हेटौैंडा एवम् पत्रकार सुवास खनाल तथा कपिल खड्का मिडीया सहयोगी भूमिकामा रहेको प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

NNTA मकवानपुरको बिषयक कार्यक्रम “ननिदाएका शिक्षकहरू” पहिलो सृंखला ( भाग -१ )

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...