आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ ०३ गते बुधवार । इ.सं. 17 June 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० तछलाथ्व । प्रमादी । उत्तरायण । ग्रीष्म ऋृतु । आषाढ कृष्णपक्ष । तिथि एकादशी , ०७:३३ बजे उप्रान्त द्वादशी। नक्षत्र अश्विनी , ०६:२५ बजे उप्रान्त भरणी । योग अतिगण्ड , १५:१५ बजे उप्रान्त सुकर्मा। करण वालव ०७:३३ बजेदेखि कौलव , २०:२७ बजे उप्रान्त वणिज । चन्द्रराशि मेष  । आनन्दादी योग मृत्यु। दिनमान ३४ घडी ३५ पला । सूर्योदय ०५: १० बजे । सूर्यास्त बेलुका १९:०० बजे ।

विश्व खडेरी राेकथाम दिवस, योगिनी एकादशी व्रत

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायका लागि नयाँ योजना छोटो यात्राको सम्भावना पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पुनर्मिलन र लाभदायक यात्रा हुनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मन प्रसन्न रहने र अधुरो काम पूरा हुन सक्छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रविधि मार्फत आफन्त संग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफन्त र सहकर्मिको सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शुभ कार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । – ज्यो.प. नारायणप्रसाद दुलाल