Comments Add Comment

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् , २०७७ जेठ ०४ गते को राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ ०४ गते आइतवार ।  इ.सं. 17 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु । ज्येष्ठ कृष्णपक्ष । तिथि दशमी , १४:०२ बजे उप्रान्त एकादशी । नक्षत्र पूर्वभाद्रपदा , १५:३० बजे उप्रान्त उत्तरभाद्रपदा । योग विष्कम्भ , २९:०२ बजे उप्रान्त प्रीति । करण भद्रा १४:०२ बजेदेखि वव , २६:५९ बजे उप्रान्त तैतिल । चन्द्रराशि कुम्भ । आनन्दादी योग चर । दिनमान ३३ घडी ४६ पला । सूर्योदय ०५: १६ बजे । सूर्यास्त १८: ४६ बजे ।

पञ्चक। सर्वार्थसिद्धि योग १५:३० बजेपछि।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।      

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।         

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावस्यक दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ ।     

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।            

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

समाजबाट मान सम्मान मिल्नेछ । पारिवारिक सुखपनि मिल्नेछ । सेतो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन रोकिएको पैसा हातलाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । पारिवारिक जमघटपनि हुनेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।  

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।          

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।            

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।   ज्यो.प. नारायण प्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर