आजको पञ्चाङ्ग

बि.सं. २०७७ भदौ ०९ गते मंगलवार । इ.सं. 25 August 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलाथ्व । प्रमादीदक्षिणायनवर्षा ऋृतुभाद्र शुक्लपक्षतिथि सप्तमी , १६:३० बजे उप्रान्त अष्टमी। नक्षत्र विशाखा , १८:५२ बजे उप्रान्त अनुराधा योग ब्रह्म ०६:१० बजेदेखि ऐन्द्र , २७:१६ बजे उप्रान्त विष्कम्भ करण वणिज १६:३० बजेदेखि भद्रा , २७:२४ बजे उप्रान्त कौलव चन्द्रराशि तुला । आनन्दादी योग श्रीवत्स। दिनमान ३२ घडी ०६ पला । सूर्योदय ०५:४० बजे । सूर्यास्त बेलुका १८:३०

गौरा सप्तमी। अभुक्ताभरण सप्तमी। महालक्ष्मी व्रत प्रारम्भ। भक्तपुरस्थित मंगलकुण्डमा मेला। त्रिपुष्कर योग १६:३० बजेसम्म।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्चपनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साँझमा अधिक धन खर्च भने हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोगपनि मिल्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।