Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७७ वैशाख १ गते सोमवार , तपाईको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख १ सोमवार ।  इ.सं. 2020 April 13 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलागा । प्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख कृष्णपक्ष तिथि षष्ठी , २१:५२ बजे उप्रान्त सप्तमी । नक्षत्र मूल , २४:१९ बजे उप्रान्त पूर्वाषाढा

Advertisement

 । योग परिघ , २४:१३ बजे उप्रान्त शिव । करण गर १०:२० बजेदेखि वणिज , २१:५२ बजे उप्रान्त वालव

 । चन्द्रराशि धनु । आनन्दादी योग लुम्ब । दिनमान ३१ घडी ४९ पला । सूर्योदय ५: ४३ बजे । सूर्यास्त १८: २७ बजे ।

नववर्ष वि.सं. २०७७ प्रारम्भ। वैशाख संक्रान्ति। मेष राशिमा सूर्य २२:४८ बजे प्रवेश। भक्तपुरमा विश्वध्वज पातन। टोखास्थित सपनतीर्थमा स्नान। खायुसन्हु। काठमाडौंको चम्पादेवीमा मेला।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धर्म र आस्था बढ्नेछ । सांगीतिक तथा सामाजिक कार्यमा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज धार्मिक यात्रा र प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज आँटेको र ताकेको कार्यको योजना बन्न सक्छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पारिवारिक समस्यापनि हराएर जानेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आस्था र विस्वास बढ्ने योग रहेको छ । घर परिवार र बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । सामान हराउनपनि सक्छ । चोटपटकको भयछ, सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

 आज स्वादिष्ट र स्वइच्छाको परिकार खान पाईनेछ । आफ्नो कार्याबाट आत्मिक संतुष्टि मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आफ्नो दैनिकी कार्यमा व्यवधान आउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनपनि कमजोर रहन सक्छ, धैर्य राख्न जरूरी छ ।              

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक कार्यको योगछ । सामाजिक कार्यमा सफलतापनि मिल्नेछ ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज अरुको उपकरमा मन जानेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...