Comments Add Comment

आज २०७६ पुस १६ गते बुधबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ पुस १६। बुधबार। इ.स. २०२० जनवरी १। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। षष्ठी, १६:५९ उप्रान्त सप्तमी। नक्षत्र– पूर्वभाद्रपदा, २७:३१ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– व्यतीपात, २१:४० बजेउप्रान्त वरियान्। करण– तैतिल, १६:५९ बजेदेखि गर, ३०:०४ बजेउप्रान्त वणिज। आनन्दादिमा पद्म योग। चन्द्रराशि– कुम्भ, २०:५१ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१८ बजे र दिनमान २५ घडी ४ पला। पञ्चक। सन् २०२० प्रारम्भ।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रेम सम्बन्ध कसिलो रहला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर सरकारी निकाएबाट भने सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ र शुभकार्यको चर्चापनि चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउनपनि मुस्किल पर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रापनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । पारिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर