फिल्म ’प्रेमगीत ३’ युनिटले नयाँ पोस्टर सार्वजनिक गरेको छ । फिल्म निर्माण पक्षले यसपटक अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । फिल्म मनाङमा छायाँकन भैरहेको छ ।

पोस्टरमा कलाकार थापाको अवतार प्रभावशाली लाग्छ । भारी हिउँ परिरहेको बेलामा उनि कुनै पदयात्राको लागि निस्किएको पोस्टरले वर्णन गर्छ । एक पोस्टरमा उनले पौराणिक बाजा बजाइरहेका छन् । जसले दर्शकमा कौतुहलता पैदा गर्छ । यद्पी निर्माण पक्षले थापाको भूमिका बारेमामा खुलाएको छैन । हल पुगेर सिनेमा हेर्दा उनको भूमिका दर्शकलाई सरप्राइज सावित हुने निर्माता तथा निर्देशक सन्तोष सेनको विश्वास छ । फिल्मलाई सन्तोष सेन र क्षेतेन गुरुङले निर्देशन गर्दैछन् । प्रेम गीत ३ मा प्रदीप खड्का र क्रिष्टिना गुरुङले मुख्य भूमिका निभाउँदैछन् ।