भाइबरले २० जनासम्म ग्रुप भिडियो कल गर्न मिल्ने गरी नयाँ सूविधा ल्याएको छ। यस सेवा मार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिनेछ । कोरोना भाइरस संक्रमणमा सामाजिक दूरी कायम हुँदै आएको अवस्थामा यो सेवा लाभदायक हुने भएको कम्पनीको विश्वास छ ।

मोबाइल तथा डेस्क टप दुवैमा भाइबर एप मार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गर्न सकिने कम्पनीले जानकारी दिएको छ । प्रयोगकर्ताले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रूपमा पिन गर्न पनि सक्नेछन् । साथै, प्रयोगकर्ताले आफ्नो भिडियो बन्द गर्न र आफैंलाई म्युट राख्न पनि सक्नेछन् ।