मकवानपुर प्रहरीले हेटौंडाबाट अबैध ७ बोरा कपडा बरामद गरिएको छ । हेटौंडा–१५ रातोमाटे चेक पोईन्टबाट अबैध ७ बोरा कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बिरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ५ ख २४६८ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा ७ बोरा अबैध कपडा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बोराभित्र कुर्ता सुरुवाल ५८ पिस, साडी २९३ पिस, र सेन्डो गन्जी ३०० पिस रहेको छ । अबैध कपडा बरामद गरेपनि संलग्न ब्यक्तिलाई भने नियन्त्रणमा लिन नसकेको प्रहरीको भनाई छ । भन्सार छलि ल्याएको कपडालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।