हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ९ लामसुरेमा रहेको हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा गणेश भेटवाल नियुक्त भएको छ । हेटौंडा सिमेन्ट उद्योगको रिक्त रहेको अध्यक्ष पदमा भेटवाललाई सिफारिस समितिको बैठकले नियुक्त गरिएको हो । हेटौंडा सिमेन्ट उद्योगमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्त गर्ने प्रयोजनका लागि गत असार ३० गते दरखास्त आह्वान गरिएको थियो।