Coronavirus COVID-19

दु:ख लाग्छ हाम्रो देशको कानुन देख्दा पनि

[Ads]

Advertisement

दु:ख लाग्छ हाम्रो देशको कानुन देख्दा पनि ।।
बढ्दै गाको छ हत्या र बलात्कार जबर्जस्ती गर्छन् दुई हात जोडी छेक्दा पनि ।।

देख्दैन सरकारले यहाँ ठुला बडा को अपराध सारा समाजले देख्दा पनि ।।
सत्यलाई झुटो साबित गर्दीन्छ सत्य देख्नेले अगाडि बोल्दा पनि ।।

दु:ख लाग्छ हाम्रो देशको कानुन देख्दा पनि ।।
पैशाले आँखा बन्द गर्छन् सबै सत्य अगाडि देख्दा पनि ।।

गर्दैनन् सहयोग दुखी गरीबलाई भोक भोकै मर्दा पनि ।।
देख्दैनन् पैशाले खल्ती भरिदीए पछि आफ्नै छोरी चेली कोठीमा लगी बेच्दा पनि ।।

हुर्के को चेली त के कुरा छोड्दैनन् बाटोमा बच्चालाई एक्लै देख्दा पनि ।।
तई पनि न्याय दीदैन सरकार अदालतमा गई न्याय को भिक माग्दा पनि ।।

दु:ख लाग्छ हाम्रो देशको कानुन देख्दा पनि ।।
लाग्दैन कानुन कीन ठुला बडा पैशा वाललाई कानुनी बीधानमा जतिनै कडा सजाय लेख्दा पनि ।।

रुकु ढुंगाना

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...