स्वागत गर !
हल्केला किन व्यर्थै निराश हुन्छौं,
संधै सँगै थामिने हातहरु छुटे त के भयो
तिम्रो रेखाहरु त अझै तिमी सँगै छ
जुन तिम्रो गनतव्य जस्तै लामो छ
तिम्रो सपना जस्तै प्रस्ट छ
छुटिसकेका हातहरुलाई छुट्न देऊ
हत्केला
जोडिने नयाँ हातहरुलाई स्वागत गर
अंगालो किन बेर्थै एक्लो बन्छौं,
न्यानो बनेर बाधिने त्यो अंगालो गयो त के भयो
तिम्रो मुटु त अझै तिमी सँगै छ
जुन तिम्रो इच्छाशक्ति जस्तै दरो छ
तिम्रो उद्देश्य जस्तै उदार छ
टाढिनेलाई टाढिन देऊ
अंगालो
बाधिने नयाँ स्पर्शलाई स्वागत गर
पाखुरा किन व्यर्थै कमजोर बन्छौं,
कुममा कुम जोडि हिड्नेहरु छैनन् त के भयो
तिम्रो पौरख त अझै तिमी सँगै छ
जुन तिम्रो साहस जस्तै आँटिलो छ
तिम्रो आस्था जस्तै अमर छ
जानलाई जान देऊ
पाखुरा
आउने नयाँ मुहारहरु लाई
स्वागत गर !

अविरल अधिकारी