हेटौंडा–५ सानोपोखरामा सञ्चालित फुड बैंकबाट हालसम्म २०१ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला रहने गरेको छ । फुड बैंकले प्रतिव्यक्ति ४ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न वितरण गर्ने गरेको छ । मंगलबार पनि पिप्लेमा रहेको ब्याटमिन्टन टोलिले ३९ परिवारलाई सहयोग गरी खाद्यान्न वितरण गरेको क्लबका सल्लाहकार विशालराज महतले जानकारी दिएका छन् । खाद्यान्न वितरण कार्यक्रममा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, क्लबका सक्रिय सदस्य विष्णु पुडासैनी ,क्लबका पदाधिकारी , लगायतको उपस्थिति रहेको थियो । यस्तै भोलि मंगलबार बाग्मती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेका्े क्लवका सल्लाहकार महतले जानकारी दिएका छन् ।