मजदुर म – मजदुर म

अनलाइन पत्र संवाददाता२०७७-०५-२३ No Comments

मजदुर म
आधि पेट खाइ, आधानै शरीर छोपिरहेछु
दुखलाइ अन्तै लुकाई सबै सामु मुस्कुराइरहेछु
मान्दिन म चाडपर्व तर परिवारलाई मनाइरहेछु
आज मजदुर दिवस रे, मजदुर म रोइरहेछु

मेरै परिश्रमले अरबपति बन्नेलाई हेरिरहेछु
जति पायो उतिमै रमाउने बन्दित सुगा सम्झि चित्त बुझाइरहेछु
फैलाउदिन हात कसैसँग, अझै मेरा हात,पाउ चलिरहेछ
अब कृषि क्रान्ति गर्ने रे, कृषक म अन्योल परिरहेछु

समय बद्लिएको सुन्दा आफैलाई नियालिरहेछु
१४घण्टा नजोत्ति चुलो नबल्दा समयलाई नै थुकिरहेछु
मजदुर अधिकारको नारा बद्लिएन, पाटि बद्लिरहेछ
अब फेरिफेरि लुगा लाउन पाइन्छ रे, चुनाब लागिरहेछ

पस्दिन कुनै मन्दिर,गुम्बा बाहिरबाटै दर्सन गरिरहेछु
कतै छोराछोरीले पधेरामा कुटाइ खाएकि डराइरहेछु
कमि छैनन् खुट्टा तान्ने लात्ती हान्ने, बाछोले खेद्छ आोरालिमा सम्झि मन बुझाइरहेछु
छुवाछूत प्रथा अन्त्य भैसक्यो रे, दलित म न्याय अझै खोजिरहेछु

छोड्दिन कुनै काम जे मिल्छ त्यही गरिरहेछु
यात्री हु म पाइला नगनि यात्रामा लागिरहेछु
परिवारका अग्रज मेरा भारि बोक्दा बोक्दै मरे अरे
एउटै लक्ष्य छ जीवनको कि मेरा छोराछोरी कलम समातेर मरुन्
आज मजदुर दिवस रे, मजदुर म रोइरहेछु

गणेश दवाडी

Ad
Ad