Comments Add Comment

कवि: सुवास खनालका १३ कविताहरु

झरना साहित्य परिवारको आयोजना तथा एन.एस. टेलिभिजनको मिडिया भुमिकामा मकवानपुरे युवा कवि सुवास खनालको एकल कविता साँझ हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा कवि खनालको कविताको विषयमा साहित्यकारहरु निमेश निखिल, निरा शर्मा तथा घनश्याम घिमिरेले टिप्पणी गरेका थिए । न्युज क्लब नेपालमा भएको कार्यक्रममा खनालले १३ वटा कविताहरु प्रस्तुत गरेका थिए । निकै शसक्त कविता लेख्ने खनाल मकवानपुरमा मात्र नभै नेपालभरनै चर्चामा रहने गरेका छन् । उनका कवितामा समाजमा भएका विविध पक्षहरुको चर्चा हुने गरेको छ । टिप्पणीकारहरुले कवि खनालको कविता निकै शसक्त भएको बताएका थिए । उनीहरुले कवि खनालले कवितामार्फत समाजमा भएका कुरितिलाई खबरदारी गर्ने, समाजको निर्माणमा सहयोगीको भूमिका खेल्ने तथा उत्सहा प्रदान गर्ने गरेको भन्दै खुसी ब्यक्त गरे । स्कुले जीवनबाटनै शसक्त कविता लेखन मार्फत मकवानपुरमानै चर्चा कमाउन सफल भएका कवि खनालले मकवानपुर बाहेक नेपालका अन्य जिल्लामा समेत आफुलाई कविता मार्फत चर्चामा ल्याउन सफल भएका छन् । संभवत उनी मकवानपुरका सबैभन्दा पुरानो तथा चर्चित साहित्य सस्था साहित्य संगमका सबैभन्दा कम उमेरका अध्यक्ष समेत हुन् । विज्ञान विषय लिएर अध्ययन तथा अध्यापन गराउने भएपनि उनको नेपाली साहित्यमा राम्रो दख्खल रहेको उपस्थित अन्य साहित्यकारहरुको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार तुल्सी थापाले खनालको कविताले समाजको अवस्था बोल्ने बताए । उनले भने : खनालको कविता निकै शसक्त र समाजप्रति जिम्मेवार हुन्छ । उनको कविता निकै उत्कृष्ट तथा शसक्त हुने भएरनै झरीको वावजुत पनि सयौ साहित्यकारहरु न्युज क्लबसम्म कविता सुन्नको लागि आएका थिए ।

Ad
Advertisement

भिडियो :

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad