हेटौँडा,२३ भदौ । मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा अनन्त पौडेल निर्विरोध निर्वाचित भएका छन् । आज भएको क्याम्पसको साधरणसभाले पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । क्याम्पसको कार्यवाहक अध्यक्ष रहेका रहेका पौडेल यो पटक निर्विरोध भएका हुन् ।
त्यसैगरी साधरणसभाले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष समेत रहेका हरि हुँमागाईलाई लेखा समितिको संयोजकमा निर्विरोध गरेको छ ।