
हेटौंडा। गजल मञ्च मकवानपुरको आयोजनामा गजल यात्राको १८७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
हरेक महिनाको पहिलो शनिबार आयोजना गरिँदै आएको गजल यात्राको शनिबारको शृङ्खलामा मकवानपुरका करिब एक दर्जन गजलकारले गजल बाचन गरेका थिए ।
मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्य, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी वर्तौला, झरना साहित्यिक परिवारका उपाध्यक्ष चिरञ्जीवी लामिछाने, मञ्चका सचिव केशव समर्पण, गजलकारहरु अनिल कोइराला, बगेकी गंगा, सञ्जित श्रेष्ठ, गान्धी गौतमलगायतले गजल बाचन गरेका थिए ।
Tags
No tags
About the Author
Related Articles
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






